दफा १७४
पुनरावेदन सुृन्ने अदालतबाट प्रमाण बुृझ्ने

पुनरावेदन परी वा केही व्यहोराले निर्णय जाँचका लागि अदालतमा प्राप्त भएको मुद्दामा प्रमाणको लागि पेश भएको लिखितप्रमाण सद्दे, कीर्ते वा जालसाजी छुट्याई इन्साफ गर्नु पर्ने अवस्था देखिएमा र त्यस्तो कार्यविधि पूरा नगरीतल्लो अदालतबाट मुद्दा फैसला भएको रहेछ भने पुनरावेदन सुन्ने अदालतले त्यस्तो कागज सक्कलै झिकाई पक्षको बयानगराउनु पर्नेछ ।